

हिमोढ पहाडी
(हाइबुन शैली)
मेरी प्रियसी !
यो जुनीमा तिमी धेरै टाढा छ्यौ
मेरो नजरबाट टाढा छ्यौ
बाध्यताको दास बनेका छौँ हामी
सक्यौ भने अर्को जुनी
तिमी आफैँले मलाई समर्पित गर्नु
त्यसैले त तिम्रो सौभाग्यको कामना गर्छु ।
हर दिन हरपल प्रेम गरेको छु तिमीसँग
तिम्रो अभावमा यो मन दुख्छ,
छातीभरि वेदना बोकेर
तिम्रो खुशीको लागि
ईश्वर पुकारिरहन्छु
मेरी प्रियसी !
तिम्रो आँशु कहिल्यै नदेखाऊ मलाई
बरु मिठा बात गर
तिमी मेरो अङ्गालोमा नआए पनि
मेरा सारा खुशीहरु
तिम्रा लागि समर्पित हुनेछन् ।
त्यो एकदिन
वर्षातको झरीमा रुझ्दै
तिमीमा हराएको पल
तिमीलाई तृप्त बनाएर
सारा स्नेह तिमीमा खन्याएको क्षण
जसरी त्यो दिन स्वप्नमा
तिम्रो अधर चुम्दै गर्दा
तिमी आमन्त्रण गरिरहेकी थियौ मलाई
अन्तत: तिमीले जित्यौ
म पराजित भएको थिएँ ।
कसरी रिसाउन सक्छु
आफ्नो मुटुको ढुकढुकीसँग
कसरी भुल्न सक्छु विगतका स्वर्णिम पलहरु
भो टाढा जाने कुरै नगर
आऊ मलाई आफैँमा समाहित गर
मेरी प्रियसी !
दाङ
हाल: पोर्चुगल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

