टुप्पोमा चढाएर पछार्ने यहाँ अनेकौँ खेल हुन्छ
निष्पक्ष हुँदैन खेल भित्र पनि त जालझेल हुन्छ
यो सहरको विशेषता नबताउनुस् हजुर थाहा छ
यहाँ मान्छेको शरीर पनि पैसामा किनमेल हुन्छ
लाग्छ कानुन नै फितलो भएर त होला सायद
बलात्कार, हत्या, हिंसा झन् धेरै अचेल हुन्छ
विवश भई फेरि सोध्न बाध्य भएको छु सरकार
पीडितको आँखामा अझै कति आँसुको भेल हुन्छ
थाहा छैन मान्छेको चोला मरेपछि कहाँ पुग्छ
काम, क्रोध, लोभ अनि मोह त बाँचुन्जेल हुन्छ
रामेछाप खाँडादेवी २
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला