आँखै अगाडिको
विशाल अग्ला हिमाल देखेर
म आफूलाई सोध्छु,
तिमी प्रतिको
मेरो प्रेम-
हिमालभन्दा अझै अग्ला छन् ?
****
अनि तल्लो फेदीमा
काला-खैरा चट्टान
हेरेर तुलना गर्छु,
तिम्रो र मेरो सम्बन्ध
चट्टान जतिकै बलिया छन्,
****
म सोच्थे:
कसरी रोकिन सक्छन्
नदीहरु समुद्र बनेर
बाढी, झर्ना, खोला, खोल्सा, सुनामी
सबै बटुलेर
कसरी जम्न सक्छन्
धैर्य भएर,
सुन्दर फेवाहरु
विराट ताल बनेर
आदीम-दामीमको लागि!
****
तर मलाई विश्वास छ-
तिम्रो धैर्य देखेर
सुक्न सक्छन्
विराट समुद्र-तालहरु
बिलाउन सक्छन्
जून-घाम
बग्दाबग्दै थाक्न सक्छन्
हिम नदी र खोलाहरु!
तर-
बाँच्न सक्छन्
जुनी-जुनी
तिम्रो मेरो सम्बन्ध
र-
प्रेमहरु!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला