मीनेन्द्र भण्डारी ‘निश्चल’

जसरी –
विरुवाहरु उम्रन्छन् – उम्रिरहन्छन्
रुखहरु अग्लिन्छ्न् – लहराहरु फैलिन्छन्
र , ढल्छन् आफैँ बूढा भएपछि रुखहरु ।
उसैगरी –
जन्मन्छन् – पुतली, चरा, मान्छे र दर्शनहरु
बढ्छन्, फैलन्छन् र अन्त्य हुन्छन् – लीलाहरु ।।

ओहो प्रकृति ! ओहो सृष्टिको कृति !!
सत्ताको क्या स्वत्व छ प्रकृतिमा !
दुर्भाग्य !
मान्छे मात्र सामेल छ युगौंदेखि – सत्ताखेलमा
जसलाई ऊ आफैँ बनाउँछ र भत्काइरहन्छ ।।

दोरम्बा ६, रामेछाप