
रबिना मैनाली
अन्धकारलाई सिँगार्दै
दुर्जन दिनलाई पछार्दै
मार्मिक रातसँगै
जून दिएको छु
तारा दिएको छु
आफैँलाई रित्याएर
सारा दिएको छु!!
अझै पनि
रातको खोट देख्यो,
चोट देखेन!!
रातले हाँस्छ कि रुन्छ?
कुनै उज्यालोले देखेन!!
लुकाएर राखेको त्यो राजको पोको
कुनै शक्तिले भेटेन।।
फेरि पनि,
गुनासो छ लोकको
सोखको, भोकको
मनरोगको!!
झापा, नेपाल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ मंसिर २०८२, बुधबार 








