डम्बरबहादुर खड्का (सन्तोष)

हिजो आज दिन, न बिहान न रात
मात्र घाम बनी चर्किरहेको छ
अन्न डढी खरानी भैरहेको छ,
खेत च्यातिएर फ्याँ भैरहेको छ

फेरि हावा तातिएर बाफिएर,
माथि, धेरै माथि बहिरहेछ
हावा नपाउँदा मानिस,
घिचड़ो लम्काउँदा लम्काउँदा
हस्याङफस्याङ भएका छन्
केवल कौतहलता छटपटी नसैर्गिक भएको छ
केवल कौतुहलता छटपटी नसैर्गिक भएको छ

रंगविहीन खोला रङबिरङमा सजिएर,
पानी रातो भएर बगेको छ
आफ्नो चुच्चो तिखार्दा तिखार्दा चराहरु,
बाध्य भएर,
त्यही रंगीन पानी पिउँदैछन्
सबै मांसाहारी भएका छन्
सबै मांसाहारी भएका छन्

परबाट, वायु संक्रामक रोगको पोको बोकेर,
धुँवा अनि परजीवीका साथमा
मानिसहरुलाई धम्काउँदै आउँदैछन्
डराएर मानिसहरु सकी-नसकी भागिरहेछन्
भाग्न खोज्दैछन्
तर बिचरो भूमि, भाग्न नसकी कामिरहेको छ
मात्र ओठ च्याती, पानी केवल पानी मागिरहेछ
तर पानी कहाँ छ,
केवल रातो पानी, अनि तातो हावा
तैपनि पिइरहेको छ, तैपनि लिइरहेको छ
केवल बाँच्ने आशामा,
केवल बाँच्ने आशामा ।

डम्बरबहादुर खड्का (सन्तोष)
धरान