साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

हेप्पी बड्डे महाकवि तिमीलाई

Chovar Blues Mobile Size
हेमन्त ढकाल

महाकवि “तिमी गोरे थ्यौ कि काले”
मैले देखिनँ
महाकवि “तिमी हँसिला थ्यौ कि गम्भीर”
मैले देखिनँ
तर मैले देखेँ तिम्रो त्यो पागललाई
अनि मैले भेटेँ मुनामदनलाई
महाकवि तिमीलाई थाहा छ??
मलाई के खाँचो तिम्रो जन्म दिवस मनाउन
तिमी त्यो नेपालको काठ्माण्डूमा जन्मेका
म म्यान्माको मिचीनामा
एक शताब्दी र दश वर्षअगाडि जन्मेको मान्छेको
जन्मदिन मनाउँदा
तिमीलाई देखे झैँ लाग्छ
तिमीलाई भेटे झैँ लाग्छ
तिमीसँग अघि भर्खरै
सँगै बसी बोले झैँ लाग्छ
फेरि एकखेप भेटौँभेटौँ लाग्छ
त्यसैले मलाई खाँचो छ
तिम्रो जन्म दिवस मनाउन
तिम्रो र मेरो नाता यही न हो, महाकवि
तिम्रा लेख
तिम्रा कविता
तिम्रा साहित्य
हेप्पी बड्डे महाकवि तिमीलाई

मिचीना, म्यानमार

प्रतिक्रिया
Loading...