सरिता भट्टराई नेपाल

जन्मायौ आमा, हुर्कायौ बुवा,
पढ्नलाई पठाई देऊ,
धेर भो छोरी, नभनीकन
कर्तव्य बुझिदेऊ।

बलिया मेरा हात र पाउ,
कर्मठ बनाउँछु।
अँधेरी रातमा, जूनकीरीजस्तै,
उज्यालो टल्काउँछु ।।