आउँदा के लिएर आउँछौ?
घुर्दा के लिएर जान्छौँ?
आउने-जाने बाटोमा,
बुझ त के कति पाउछौँ?
यही दुई पंक्तिको जापमा
चरम सुख पाउने नापमा
जीवन काट्छन् यहाँ सबैले,
सत्यपथ अनि जघन्य पापमा।
मरणको सत्य ज्ञान जानेर पनि
सबै अनित्य हो भन्ने मानेर पनि
दिन-रात, सधैँ गरिरहने,
गलत हो भन्ने जानेर पनि।
यो व्यस्तताले रङ्गिएको होडमा
व्यस्त भइरहन्छ धनको जोडमा
जति सम्बन्ध मधुर भए पनि
रगत बगाउँछन् हरेक मोडमा।
यो स्वप्रेममा कति बल्ने?
जता-त्यतै कति छल्ने?
जति नै साइनो कसिलो भए पनि
पाइरहने तिरस्कारको फल नि?
यहाँ कमाउने कमाएको छ
अपराधको डोरी समाएको छ
ढोङ्गको प्रेम च्यादर उढ़ेर पनि
कपटको घूँट मज्जाले लगाएको छ।
तँ भन्दा म वीर छु
जसत्नलाई सबै सीमा चिर्छु
भन्ने भावना उम्लिन्छ यहाँ
थाह छैन कसैलाई,
यो पापको बोझ कसरी तिर्छु?
छ, सबै भन्दा मानिस बुद्धिमानी
हरेक क्षेत्रमा अग्रणी अनि ज्ञानी
उँचो-उँचो महल बसाएर होला,
मानवतालाई मारेको छ छानी-छानी।
न भय छ, न डर छ
न घर्म, न स्वाभिमानको कर छ
सर्वशक्तिमान हुने गतिमा
एकदिन ऊ पनि त मर्छ।
सास हुँदा हो सबैसँग माया लाग्ने
गएपछि को हुन्छ ऊसँग पछि भाग्ने?
दुई थोपा आँसु झार्दै पछि
यही दौडमा हो ऊ पनि लाग्ने।
संसार भ्याउने आँख बन्द हुन्छ
यो चिसो कानले अब के नै सुन्छ?
उँभो फर्केको हातले अब,
छाडेर जाने धन कसरी पो दुन्छ?।
क्षणभर आँसुसँग चार काँध पाउँछ
तेह्र दिनपछि सबैमा फेरि खुसी छाउँछ
जीवनभर घमण्डमा बसेपछि,
मरणपछि कसले पो तेरो गीत गाउँछ?
चार काँध पाई जाने हो घाटोमा
सबै मिलिन हुन्छन् यही माटोमा
खरानी भएपछि कसले पो हेर्ला?
कृत्यहरू तेरो जीवनको बाटोमा।
प्रभुत्व आर्जन निम्ति दिमाग चल्छ
यही खोपडी चीतामा धुँ-धुँ गर्दै जल्छ
अब भन् छाती ठोकेर मानिस्,
त्यो बेला पनि के तेरो पावर चल्छ?
थरी-थरीका वस्त्रहरू जीवनभर धारण गर्छ
अरूलाई जीत्न सधैँ असाधरण गर्छ
तितो कुरा बुझे हुन्छ सबैले,
नाङगो जिउ दागबत्तीले मात्र धारण गर्छ।
गन्तव्य बुझेर पनि किन अभिमान हो?
सर्वशक्ति भनी किन मिथ्याभिमान हो?
पल-पल दिमाखमा, मनमा याद राख्नु
मृत्युपश्चात् सबैले जाने त श्मशान हो।
चारहजारे, मणिपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।