एउटा आलम्बन् चाहिएको फगत
फगत एक आलम्बन्
म निरालम्बलाई
एउटा सप्कोको आलम्बन् देऊ !
मेरा कुन्ठाहरू सबै सेलाउन सकूँ म
मेरा बलिन्दू धारले तिम्रो धोतीको फेर भिजाउँदै
आफ्ना कैवल्यलाई प्रशान्त चिदाकाशमा
केलाउन सकूँ म।
एउटा निरन्तर आस छ
जसको मेरो अन्तरमा बास छ
त्यस बासको सान्निध्यमा आज
छाडौँ एउटा उच्छ्वास
अनि फुकाऊँ आफ्नु लाज।
म निरव रातमा शून्यातीत अस्तित्व
जीवनका बाटाहरूमा हराएको
एक पथिक
रात्री को कृष्ण परतलाई छिचोल्दै
बिहानीको रश्मि-पूञ्जमा
प्रकाशित हुन लागिपरेको
एक यायावर हूँ,
तिम्रो सप्कोको मोहताज।
हेटौंडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला