जाने बेलामा समेत
खोलेनौ मनको ढोका
र, देखाएनौ-
मनमन्दिरमा बसेको प्रेमको देवता ।
अनेक बहानाबाजीमा
ढाँटेर आफैँलाई
आफैँलाई काटिरह्यौ
आफ्नै चाहनाको अचानोमा
मौनताको खुकुरी बजार्दै ।
बदलेर प्रेमको परिभाषा
खपेर चरम ज्वालामुखी
बटुलेर, स्वपीडक हुनुको निष्ठा
लाभाका कणहरू सँगाल्दै
सहनुको पराकाष्टा ।
प्रिय,
चल्दोरहेछ संसार, यसरी पनि
जीवनको अर्थसंकुचन बनाएर !
बोस्टन, अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला