छरपष्ट किताबको माझ
म मात्र तिम्रो यादमा ।
उज्यालो भविष्य अनि सुन्दर सपना
काठमाडौं र म तिम्रो काखमा ।
चकमन्न रात अनि शून्यताको माझ
म आफ्नै मायालुको प्रतीक्षामा ।
गहिरो चिन्तन अनि घरपरिवारको याद
काठमाडौं म तिम्रो सहरमा ।
मुटुको धड्कन बढ्छ यो एकान्त साँझ
मायालु तिम्रो जवाफको उल्लासमा ।
कुकुरको एकोहोरो भुकाई, म तिम्रो मुटुमाझ
काठमाडौं मेरो एक्लोपना तिम्रो सुन्दर सहरमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला