जात, उचाई, वर्ण हेरिकन,
बल्ल तल्ल छानियो मानेको
एउटा सुकिलो जीउ; अचार पार्न
उता मरमसला तम्तयार पारिएको छ, मानेमा स्वाद भर्न
कटुता: आफूले स्वाद चाख्न।
अचार गल्दैछ, सँगै बाबर्चीको धैर्य पनि
स्वाद ट्वाक्क भए बाबर्ची बाबर्ची कहलिन्छ,
बेस्वादे अचारमा त मानेकै अवगुण छचल्किन्छ।
समानान्तर भूगोलबाट पनि यस्तै सुगन्ध आइरहेछ
महादेवले हावामा धुवाँ मिसाइदिएछन्,
उनको निमित्त शान्तिलाई उकालो चढाउनको निम्ति
सीते माताले पनि आफूलाई धुँवामै सुम्पिसकिन्;
पुरुषत्वको विश्वास जित्न निम्ति।
स्याङ्जा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला