साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः उत्साह

Chovar Blues Mobile Size

उत्साहले छाती
बलियो पार
असमर्थताको
नबोक भार

तल तल भासिँदै
जान सक्छ
वारि, पारि हेर
बाँच्ने रहर गर

कसैको भर नपर
आफ्नै विश्वास गर
फोस्रो सहानुभूतिमा
ननिस्सासिनु

भीरमाः गुराँस
काँडामाः गुलाफ
हिलोमाः कमल भई फुल्नु

आफ्नै खुट्टाको भरमा
जिन्दगी जिउनू…
शुभकामना, शुभदिपावली, शुभकामना !

sagarmani mobile size
प्रतिक्रिया
Loading...