
विनोद ढकाल
तप्प शीतको झप्प रातमा
जिउँदो पातको धप्प राहमा
जस्तै कुनै अजिङ्गरले बेरेर
आहारालाइ मृत्युले घेरेर
विस्तार खर्लप्प खान लागेझैँ
आएको छ भेट्न सागलाई
–लाई
उष्ण दिनको रुग्ण पलामा
जिउँदो देशको प्राणहीन धरामा
अजङ्गको थियो
अजङ्ग रहिरहन
म छु र हुँ
म उस्तै सधैँ रहिरहन
आफ्ना महत्त्वकांक्षा विस्तार गर्नलाई
अर्काको प्रगतिको खुट्टा तान्न
आफ्ना फ्याउराहरुले घेरेर
आहारालाई मृत्युले बेरेर
आएका छन् हाम्रो देशमा
सागपात प्रभाव पार्नलाई
–लाई



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 






