हुतषन पोखरेल

एक दिन
सडक छेउ
फाेहाेरकाे खात खाेतल्दै
अधबैंसे पिआइनी
नरकङ्काल शरीर
माैन र व्यस्त खातमा
..
अर्को वर्ष
फेरि एक दिन
सडक छेउ
परजाति पिआइले
लाछार्दै प्रताडित विभत्स दृष्य
दर्शक माैन
आफन्त माैन
..
अन्तिम एक दिन
सडक छेउ
एक महिलाशव
मानिस गुजुप्प
भन्दै थिए
ऊ नेपाली हाे
राम्री थिई
घरबार र परिवार थिए
समृद्ध माइतीहरु
छोरी भन्नु नभन्नुको अर्थ
असत्ती भएपछि
उपदेशहरु
धराशायी हुँदै
पिआइनी (अफिमची) भएर अस्त ।।

म्यान्मा