आफू आफैँबाट
अलग्गिन चाहन्छु
त्यसैले त
अलग्गै
संसार बनाउनेछु
जहाँ हुनेछन्
सिर्फ


मेरा अहम्।

त्यहाँ
मेरा कयौं
मृत चाहहरुले
पिक्निक मनाउने छन्
एक साथ

गाउने छन्
एकै स्वरमा
“हामी फेरि बाँच्न पाउनुपर्छ।”

बाँच्दाबाँच्दै
बाँच्नुको सीमामा
निसास्सिएर
एक कण
प्राणले
प्रश्न सोध्नेछ
“के यही हो जिन्दगी ?”

छुट्दै गएका
अतितहरुले
चिमोट्ने छन्

हकार्ने छन्
“के हो तेरो बाच्नुको उद्देश्य ?”

अनिश्चितताको
एक त्यान्द्रो
परालमा
झुन्डिएर
मन
बहुलाउने छ

भुत्भुताउनेछ
“किन एक जोर पखेटा छैन ?”

था छ मलाई
आफैँले आफैँलाई
टाढा
राख्दाराख्दै
म त
आफैँसँग नजिकिन पुग्नेछु

पुग्नेछु
एक अनकन्टार
शून्यतामा।

चापाकोट – ७, स्याङ्जा