तिम्रैलागि आकाशभरि तारा रोप्या छु
धर्तीभरि फूल फुलाई माया साँच्या छु ।
तिम्रैलागि आँधीलाई फर्क भन्या छु
तिम्रै लागि चौतारीलाई पर्ख भन्या छु ।
सिन्दुरपोतेसँग माया साट्न खोज्या छैन
अँगालोमा बेरेर नि राख्न खोज्न खोज्या छैन ।
जूनतारा उपहार दिन्छु भन्या छैन
मोति टिपी सागरबाट ल्याउँछु भन्या छैन ।
मन मागेँ तिमीसँग देह खोज्या छैन
यात्रा मागेँ तिमीसँग बाटो रोक्या छैन ।
सपनीको मात्र आशा रात माग्या छैन
पिरतीको गाउँबाट टाढा भाग्या छैन ।
मुटुसँग माया साट्न तिमीलाई रोज्या हुँ
पहिलो पहिलो प्रेमको दियो बाल्न खोज्याँ हुँ ।
पोखरे, भोजपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला