
हिमोढ पहाडी
श्रीमान् !
तपाईंकाे इजलासमा
एउटी नारी अथवा भनाैँ
ममताकाे प्रतिमूर्ति उभिएकी छे
जसले लिङ्ग पहिचान गर्न
गर्भ परिक्षणकालागि
बारम्बार अस्पताल धाएकी छे ।
यतिबेला मेराे गर्भाशयमा
एउटा पुरुष हुर्किँदै बढिरहेकाे छ
जसले भाेलि याे धर्तीमा
आफू पुरुष हुनुकाे प्रमाण दिन
नारित्वमाथि रवाफ जमाउँदै
मेराे अस्मितामाथि फेरि
निर्मम बनेर बलात्कार गर्न सक्छ ।
अहिले मेराे गर्भमा
एउटा त्यस्ताे अभिमानी पुरुष छ
जसले हामी नारीलाई
चुल्हा चाैकादेखि सदनसम्म
धर्म,संस्कृति र संस्कारका आडमा
सदियाैँदेखि कमजाेर बनायाे
पितृसत्ताकाे खाेक्राे अहंकार बाेकेर ।
एउटा पुरुष जसले
मेराे काैमार्यलाई चुनाैति दिँदै
जबर्जस्ती विर्यकाे भारी बाेकाउँछ
मेराे अर्ध विकशित गर्भाशयलाई
अनि म्याराथन जितेकाे अभिमान गर्छ
बारम्बार आर्थिक र सामाजिक शाेषण गरिरहन्छ ।
तपाईंको इजलासलाई मेराे प्रश्न छ
के सीता र द्राेपदी नारी हुनु अभिषाप हाे ?
हाम्राे अविवेकी समाजले
किन प्रश्न तेर्स्याइ रहन्छ ममाथि
आखिर कहिलेसम्म
हाम्राे अग्नी परीक्षा चलिरहन्छ ?
श्रीमान्
पुरुष मस्तिष्कले समाजमा
अभिमानकाे ड्राेन बाेकेर
विर्यलाई मिसाइल बनाउँदै
आफ्नाे अहंकारले फेरि पनि
मेराे गर्भाशयकाे शिकार गरिरहँदा
याे लैङ्गिक विभेदकाे जालाे नटुट्दासम्म
म कुनै पुरुषलाई जन्माउँदिन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

