दीपक शर्मा समीर

ए आकाश !
तिमीले बर्षाए गलाएको
आषाढभन्दा
मेरा आँखाबाट बर्सिने
झरीले गलाएको जेठलाई
सोध्नु ?

के रोएको होलास् ?
जसरी म रोएको छु,
हर रात,
बर्खालाई सापटी लिएर ।

कति बस्ती बगायो
कति बस्ती उजाड बने
हिसाब अझै, पेस्कीमा छ ।

अनि पो,
कसरी भनौँ, मेरा व्यथाहरू
जिन्दगी,
जिन्दगी नबनेपछि
यसरी गलिसक्यो,
ए झरी ? बोलिदे न
मेरा मनका कथाहरू।