भविष्य सम्झेर
बिमा गर्यो उसले
आफ्नो अनि परिवारको पनि
आसनमा पुगिसकेपछि
घोषणा गर्यो बिमाको –
किसानका लागि
पशुका लागि
यात्रुका लागि
सेवकका लागि
अनि
माटोमा उभिएका
सबैको बिमा गर्यो ।।
इतिहासदेखि अभिलेख बोल्छ
भूमि बिमाको
टिष्टादेखि काँगडाको भूमिमा गोर्खालीको रगत छ
तर
किन ? आवेदन हाल्दैनन् उनीहरू
मातृभूमिको क्षतिपूर्तिका लागि
निरन्तर देशभक्त भन्नेहरु।
(आविष्कार कला मल्लरानी–३ प्यूठानका स्थायी बासिन्दा हुन् । काठमाडौँमा बसोवास गर्ने कला नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा कार्यरत छन्। साहित्यमा विशेष रूचि राख्ने उनका गीत, कविता, मुक्तक, नियात्रा र समालोचना विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा प्रकाशित हुँदै आएका छन् । कलाका दुई स्वदेश गीत १) सगरमाथा गर्वको छाती २) खबरदार विस्तारवाद बजारमा आएका छन्।)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
