म त्यो होइन जो तिमी देख्न चा
म सँग त्यस्तो केही छैन जे ति
ए मान्छे !
म ‘म ‘हुँ ‘म ‘नै रहनेछु
तिमी आउनु
‘तिमी ‘बनेर
उदासीहरुमा
दुख पोख्नु जराहरुसँग
खुशीहरुमा
यिनै लहराहरुमा लहरिनू
जसरी बाँड्न चाहन्छौ आफैलाई
त्यसरी बाँडिदिनू
भर्न चाहँदा भरिनू
निख्रन चाहँदा निख्रिनू
त्यो सबै सबै तिमी गर्नू
मैले सक्नेछैन
तिम्रा मनमा रहर मुर्झाएको दिन
तिम्रा आँखामा सुन्दरता फुलेको
त्यसैले
उक्काएर म उभिएको जमिनबाट
मलाई नै अलग नगरिदिनू
कैद गर्न खोजेर गमलाभित्र
मलाई नै सखाप नगरिदिनू
जङ्गली फूल न हुँ
मनमौजी फैलिन चाहने जमिनभित्र
मनमौजी हल्लिन चाहने हावाहरुमा
मनमौजी लहरिने लहराहरुमा
मलाई यतै छोडिदिनू
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
कृष्ण ढुङ्गेल
जेष्ठ १०, बुधबार १६:०१