एक रात
पिलिक्क बालेर जूनको लालटिन
झ्यालबाट
आकासले चिहायो मेरो कोठामा,
टिलपिल आँसु
अनि अलिकति खल्लो मुस्कानले स्वागत गरेँ
मेरो छेवैमा बसी
सात समाएर भन्यो उसले,
“समुन्द्र मेरो आँसुको तलाउ हो
जसको स्वादको व्यापार गर्छ यो दुनियाँ।
म चाहेर पनि आफ्नै आँसु चाख्न सक्दिनँ
तर तिमी यो अवसर नगुमाऊ।”
त्यसपछि रोएँ म,
डाँको छोडेर,
रातभर !
इटहरी-२, सुनसरी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला