मनुष्यको स्वाधिनताको महान अर्थ हुन्छ
बिहान फक्रेर बेलुका ओइलिने
एउटा फुल जस्तो होइन
छुदैमा लत्रक्क पर्ने लज्जावती झार पनि होइन
न मुखियाको खेतमा पाइन्छ
पत्थरका कुना-कुनामा किराहरु
आफ्नो साम्राज्य फैलाएर
स्वाधीनताको गीत गाइरहेका हुन्छन्
आकाससँग उन्मुक्तिको साइनो गाँसेर
म कठघरामा उभिएर भए पनि
तिमीसँग स्वर मिलाउँन चाहन्छु
एक दिनका लागि होइन
एक छिनका लागि होइन
तिम्रा-उसका रगतका थोपाले
सिञ्चिएको हरियो दुबोको चौरमा
गाउँका बच्चा खेल्न पाउँन्
बेरोकटोक हाँस्न पाउँन्
मुजा परेका जेष्ठनागरिकले आफ्नो लठ्ठी दह्रोसँग टेक्न पाऊन्
धृतराष्ट्रले धर्तीलाई चिन्न सक्तैनन्
केवल अगाडि दुर्योधन हुन्छन्
फलामको मूर्तिलाई चकनाचूर पार्नेले
मान्छेको स्वतन्त्रताको गीत गाउँनेको गला निमोठ्न
मान्छेको भविष्य हेर्दैनन्
तैपनि स्वाधीनताको सङ्लो सपनामा
सपूतहरु निरासाको कथा भन्दैनन्।
मेरिल्याण्ड, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।