जब सम्म ठाउँमा,
चरहरु खनिन्छ,
झिङंगटि बनाईन्छ,बुट्टाहरु बनाईन्छ,
एक एक ईटाहरुमा…..
थोपा थोपा पसिना बगाउदै
दिनभरि केही न भनी
पोखीन्छ पसिना का थोपाहरु….

क्रमश…
मन्दिर तैयार हुन्छ ,
ती ज्यामिहरु त्यहीँ मन्दिर भित्र
रोकिन्छ दर्शन गर्न,
अनि एउटा ठुलो पर्खाल तैयारी हुन्छ ।
अनेकौ समाजका नियम सगै

बिचारा ती ज्यामिहरु
आफैले बनाएको भगवानलाई
दिल खोलेर दर्शन गर्न पाउदैन्,
हेपिन्छ दलित भनेर
गरिन्छ हेला तल्लो जात भनेर,
यसरी आफैले बनाएको मन्दिर
एकिदन आफैबाट टाडा हुन्छ।।

जुरोपानी-९, झापा