नमुना निराैला दाहाल

याे
हल्लाहरुले डेसिबलकाे लेबल पार गरेपछि काे समय हाे
लडाइँ अस्तित्वकै भइसकेपछि
हुन्छन् अचम्महरु कोहीबेला
भयाे यस्तै
आज भान्साघरबाट निस्कियाे
एउटी गृहिणीकाे चुनावी घाेषणापत्र

प्रतिबद्धता नं १.
हरेक बिहानै चल्ने
प्रेसरकुकरकाे सिट्ठी आन्दाेलनलाई
आगाे ओझाएर
सम्बाेधन गरेपछि
मेराे भान्साकाे देशमा
खाद्य सम्प्रभूताकाे हक
लागू गराउन अभ्यस्त व्यक्ति हुँ म

प्रतिबद्धता नं २
पैंचाेले अभावलाई
पर सारेपछि
पर्मले सहभागितालाई
सँगसँगै नारेपछि
समताकाे अभ्यास गर्न अभ्यस्त भएकी छु म

प्रतिबद्धता नं ३.
ताेरी पेलाएर चाैतारीमा सुस्केरिँदा
बडेभैयाकाे ठेलामा
खाएकाे छाेलाकाे हिसाब
घर आएलगत्तै बुझाएपछि
गजुरझैँ उँचो छ मन
इमान्दारी र पारदर्शिताकाे
पर्याय हुँ म

प्रतिबद्धता नं ४-
किरिया सारेर
बिहे गराइएकी हाे छाेरी
आमाबाबु भेट्न
औँसी पर्खनु हुँदैन भन्छे
सासू-ससुरा भेट्न
रित्तै फर्कनु हुँदैन भन्छे
सुशासनको पुस्ता हस्तान्तरण
सही ढंगले गराउने सामर्थ्य
राख्ने मान्छे हुँ म

प्रतिबद्धता नं-५
सहअस्तित्वमा विश्वास गर्छु
नामेट हुन नदिन
कसैकाे पनि अस्तित्व
म मेराे विश्वविद्यालय
मेराे भान्साघरबाट
याे घाेषणापत्र बाेकेर
तपाईंहरुमाझ आएकाे छु
मलाई एक भाेट दिएर
सहयाेग गर्नुस् न है।

नमूना निरौला दाहाल
ॐ शान्ति चोक, मेचीनगर १०, धुलाबारी, झापा