दोबाटोहरूमा भेडा च्याङ्ग्राहरू
देखिन थालिसकेछन्
मिरमिरे शुभ विहानीहरूमा
पूजाका थालीहरू
लस्कर लागिसकेछन्

रंगीचंगी चङ्गाहरूजस्तै नौबुट्टे लुगामा
साना नानीहरू सशैँ आयो भन्दै
नौ लाख तारा… गाइरहेछन्

झलक्क हेर्दा…
फूलपाती ढोकामा राखेर
सबै मानिसहरू
दशैँ पो मान्न थालिसकेछन् ।