हे मानव!
हे!धर्तीका सर्वाेच्च प्राणी
आशीर्वाद छ
– चिरञ्जीवी भएस्!

म स्थीर भाइरस हुँ
मलाई तिमीले नै “काेराेना” नाम दियाै
म आफै कतै सर्न सक्दिनँ
नचलाए चल्दिनँ
तर तिमीहरुले मलाई धेरै हिँडायाै
विश्वभरि पुर्यायाै
र लाखाैँ मानिसकाे मृत्यु गरायाै
म माफ माग्न सक्छु
अरु केही गर्न सक्दिनँ।

म मेराे बसमा हैन
बरु तिम्राे बसमा छु
तिमीले जान्दा जान्दै यति कुरा
ओसारपसार गरिरह्याै
कहिले मिल्ने साथीबाट
कहिले आफ्नै छिमेकीबाट
कहिले आफन्तबाट,
तिमीलाई लागिरह्याे
आफन्त, छिमेकी र साथीबाट
म सर्दिनँ र सार्दिनँ
यही भ्रमले मलाई सल्कायाै
र फिँजायाै संसारभरि ।

तिमी त विज्ञान हातमा खेलाउने मान्छे
तिम्रा हर सृजनाले सुख भाेग गर्याै
यति श्रेष्ठ हुँदाहुँदै पनि
केही समय, मात्रै केही समय
स्थीर बस्न सकेनाै
बाँच्ने अर्थतन्त्र ध्वस्त बनायाै
शिक्षाकाे भविश्य अनिश्चित बनायाै
हुँदा हुँदा मलाई यति व्यापक बनायाै कि
विश्वलाई शाेकमा डुबायाै।

कहिले वैदेशिक यात्री बनेर फैलायाै
कहिले धर्मकाे नाममा
मुसलमान बनेर फैलायाै
कहिले हिन्दु बनेर फैलायाै
पार्टी जुधेर फैलायाै
भिड नगर्नुपर्ने ठाउँमा भिडैभिड बनायाै
सवारीबाट मलाई लिएर आयाै
र घाँटीमा बिसायाै
दाेकानबाट सामानसँगै मलाई किनेर ल्यायाै
र फाेक्साेमा थन्क्यायाै
म के गरूँ? आवाजविहिन छु
मलाई माफ गर!

प्रिय मानव!
पर्व मनाउँने नाममा
आफ्ना वृद्ध बा आमालाई
काेशेली बनाएर
विन्ती, मलाई नटक्र्याऊ
वृद्ध र राेगी भेटेपछि आफसेआफ
मेराे तेज बढ्छ
मेराे शक्तिले आमा बा भन्दैन
के गरूँ? म आगाे भएकाे बाटाेमा
सुकेकाे खर राख्याैभने
सल्काउनु मेराे धर्म हाे
म बाढी उर्लेकाे बाटाेमा
जस्तै वस्तु आएपनि
बगाउनु मेराे कर्म हाे
म मेराे धर्ममात्र निभाइरहेछु !

तिमीले पैसा तिरेर
सवारीमात्र गरेनाै
तिमीले बजार गएर
सामानमात्र किनेनाै
सुरक्षित रहनु जान्दा जान्दै
जबरजस्ती नियम ताेड्याै
बजार बेच्याै, बजार किन्याै
अझै पनि स्नेहले भन्दैछु
पैसा तिरेर राेग किन किन्छाै
पैसा तिरेर मृत्यु किन किन्छाै
मलाई माफ गर मानव !