उपेन राज चित्रकार

अनि फेरि दन्किन्छन् , दोहोरिन्छन्
एक्वान्टिड, पुरानै ढर्रा
पुरातन, तर प्रोग्रेसिभ माओका चल्ला
दिवास्वप्नमा लुप्त, युफोरियाका हल्ला
के साँच्चिकै यो सरकार ढल्ला??
आऊ, मेरा बेहोसीका हितैषी
गरुम् केही जेनोसाइडका सल्लाह।।।

मेरो जेहेनमा भारी भरकम उपेक्षा
फेरि जमीरको यसै भो करणी
के गर्ला यसले खोई
मेरो स्वाभिमानको रक्षा??
शब्द, यसै नि आफैँमा आणविक
कवच मेरो सोच, किन खोज्दैछु??
मिथ्याको यो खोक्रो बन्द कक्षा ।

जननी मेरो स्वयम् उग्रचण्डी
तिमी हौलाऊ बारुद,
तर किन हुन्छौ घमण्डी??
पिता छन् विशाल कैलाश
फुस्स फुस्स केवल, तिम्रा प्रतिघात।।
रुद्रको मेरो सानो आकार
एटलस म, गब्लिन तिमी
यही छ भिन्नता, यही हो प्रकार
सुलभ, संकीर्ण, सूक्ष्म फगत साकार?

कीर्तन, प्रवचन, कति दिनका लागि
पवित्र सोमरस, फेरि ल्याउन मागी
चाल नि पक्का, नमुना नि अच्छा
झुटको पहिरन अनि भ्रमको कच्छा
देशभक्त, राष्ट्रसेवक, खोइ को सच्चा?
ख्वामित् का भिजिलान्त, क्रान्तिका वाचा।

जाँती फेर्दै, आइपुकोछ नयाँ गब्बर
सुस्त छ चाल, बात गर्छन् हल्का सवर
साम्बाले झन्डै लुट्या,
सत्तरी गाउँका करोड बयर( हेप्न्या!!!)
कालिया, कालापानीको नक्सा पास गर्दैछ
हान्दैछ व्हिस्की, घुट्काउँदै बियर
वसन्ती, त अचेल छम्मा छम्मा नाच्दैछ
बिन्ती गर्छिन्, प्लिज डन्ट शेयर
वर्णका बादशाह अनि शब्द्का सैनिक
गर्छन रे आफैँ साहित्यिक कू र कर्फ्यू
ताल परे जय र वीरु हुन्छन् निलम्बित
फेरि गर्छन् भलाकुसरी, प्लिज आफ्टर यु ।