साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः कसरी पुरुष भनौं तिम्लाई ?

Chovar Blues Mobile Size
सीता शर्मा काफ्ले

तिमी पुरुष रे !
प्रकृतिले तिम्लाई कठोर बनायो
नारी भन्दा भिन्नता दियो
बलियो अनि हुष्टपुष्ट तनले
तिम्लाई पुरुष बनायो ।

आफ्नो पुरुषार्थले असल काम गर्नु भन्दा
आफ्नै छोरी बहिनी अनि
समाजका सानासाना पुतलीमाथि
आफ्नो यौन प्यास मेटाउन
तिम्रो कठोर मन
अनि दुष्ट लिङ्गको प्रहारले
बारबार दुखाइरहन्छौ भने
तिमी आफैँ भनिदेउ
कसरी पुरुष भनौँ तिम्लाई ?

ती अबोध बालिकाको चित्कारले
तिम्रो मललाई छुँदैन भने
ती विवश आमाको पुकारले
तिम्रो हृदय तरङ्गित हुदैन भने
तिम्रो त्यो लिङ्गको भ्रमित पुरुषार्थलाई
म कसरी पुरुष भनौँ ?

सिंहले शिकार झम्टेझैँ
छोरीचेलीमाथि झम्टिदै जान्छौ
शक्तिको दम्भ देखाउँदै
आफ्नो झूटो पुरुषार्थको भरमा
समाजको आँखामा छारो हाल्दै
बारबार चेलीको अस्मिता
लुटिरहन्छौ भने
तिमी आफैँ भनिदेऊ
कसरी पुरुष भनौँ तिम्लाई ?

हे पुरुष भनाउदा नामर्दहरु हो
मानवको रुपमा समाजका कलङ्कहरु हो
तिमी आफैँ भनिदेऊ
तिम्रो उत्तेजित लिङ्गको घृणित पुरुषार्थ
अनि हिंस्रक मनको अहमतालाई
म कसरी पुरुष भनौं ?

sagarmani mobile size

काठमाडौँ

प्रतिक्रिया
Loading...