लाख कोसिसमा
पिरतीको गहिरो सागरबाट
कठिनले भेटेर ल्याएको
साँच्चै अनमोल
हाम्रो मायाको चिनो हो यो समर्पण
तिमीमै समर्पित गरेको छु ।
सीसा सरी फुट्न नि सक्छ
जतन गर्नु ल !
पुष,माघको
चिसो सिरेटोमा कठाङ्ग्रिएर
फक्रनै भुलेको थियो,
साह्रै मुस्किलले
एक थुङ्गा फुलाएर ल्याएको छु,
हाम्रो मायाको चिनो हो यो फूल
तिमीमै समर्पित गरेको छु ।
हावाको एक झोक्काले
भुइमा झरेर च्यातिन नि सक्छ ।
जतन गर्नु ल !
अझै धेरै,
लामो छ यात्रा
बेस्सरी पिडादायी जीवन
तिनै दुखाइहरु माझ
मर्दै,बाज्दाको दोसादबाट
तिम्रै लागि भनेर
बल्ल तल्ल बचाएर ल्याएको छु,
हाम्रो मायाको चिनो हो यो ढुकढुकी
तिमीमै समर्पित गरेको छु ।
बल्दा बल्दै निभेको
दियो सरी निभ्न नि सक्छ ।
जतन गर्नु ल ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला