रुख
उसका लागि छवटा मञ्च बनाऊ
र अर्काको लागि बाह्रवटा पदकको तयारी गर
र मलाई रुख बनाऊ…
जब ठाँटको उज्यालोले जलेको हुन्छ अनुहार
र पुरस्कारहरू भिजेको कपासजस्तै गह्रुङ्गा बन्छन्
यी र त्यी मानिसहरू रुखबाट ओर्लन्छन्
पातहरूबाट सबै रङ खुर्कन्छन्
बोक्राबाट सबै उज्यालो धमिलिन्छ
मलाई रुख बनाऊ…
जो सफलतपूर्वक उभिइरहन्छ, स्थिर
ती यात्रारत, तर थकित मानिसहरूका लागि…
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला