(लघुकविता)
त्यसपछि मेरी हजुरआमा
त्यो घरको बाटो कहिले हिँडिनन्
भन्थिन् –
“तिम्रो हजुरबाले
बरु मलाई नै बेचिदिएको भए हुन्थ्यो” ।
वास्तवमा हृदयकै रगतले
लिपपोत गरेको त्यो घर
उनको हृदयको दरबार थियो
न्यानो बास र मीठो सपना थियो ।
बिचरी मेरी हजुरआमा
त्यो न्यानो बास र मीठो सपना खोजेर
पछिसम्म पनि विचलित भैइरहिन् ।
हृदयको उमङ्ग बेचिएपछि
उदास बाँचिरहेकी उनी
जीवन पर्यन्त
न कहिले त्यो घर सम्झिन सकिन्
न कहिले बिर्सन सकिन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 










