बाबुराम श्रेष्ठ यात्री

जहाँ खोजे पनि कहीँ जिन्दगी भेटिन्न रहेछ
तृष्णा यो मनको कहीँ पनि मेटिन्न रहेछ

कतै घाम खोजेँ कतै जून खोजेँ
खोज्दै हिँडे जिन्दगीका बाटोहरु
कहीँ उपहास त कहीँ सन्ताप पाएँ
गएँ झनै पिरोलिँदै जिन्दगीको यात्राहरु

आकाशको बादलझैँ व्यथा मडारिइरहन्छ
जति बाँध्न खोजेँ बाँधहरु फुटिरहन्छ
दुई दिन बाँच्नलाई पनि यति धेरै गाह्रो
अरुलाई छोटो जीवन आफूलाई लामो

सिन्धुली