मेरो जीवनका आँधितुफानले
जब
मेरो मनभित्र ज्वारभाटा सृजना हुन्छ
तब
मेरो साथी कलम
तिमी साथ दिन्छौ
ती सारा उकुसमुकुस भावलाई
यो सेतो कागजमा
शब्द बनाई उतार्न ।
चन्द्रमाको शितल प्रकाशले
जुनेली रात मनमोहक भएझैँ
मेरा मनका सारा ज्वार
शान्त पारिदिन्छौं
मनै फुरुङ्ग हुन्छ
जस्तै
हाइड्रोजनले भरिएको
बेलुन उडेसरी ।
काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला