साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

नेपाल हेर्न जाऔँ

Chovar Blues Mobile Size

हिमाल छ रे
डाँफे छ रे
फेवाताल छ रे
त्यो नेपाल भन्ने
हाम्रो पुर्खाको घरमा
लुम्बिनी छ रे ।

मादल छ रे
दौरा र चौबन्दी पनि छ रे
मनोकामना छ रे
त्यो गोर्खाको देशमा
स्वयम्भू नाथ छ रे

कसरी हाँस्छ हिमाल
हेर्ने मन र रहर बोकेर
बा बित्नु भो ।

नेपालको गुँरास र
म्यन्माको गुँरासको सुन्दरतामा
के फरक छ भन्दै
आमा बित्नु भो
मलाई जान्ने इच्छा छ
नेपालले पढ्ने क, ख
मैंले यहाँ पढ्ने क, खमा
कस्तो अन्तर छ ?

मलाई जान्ने इच्छा छ
नेपालले गाउने गीत र
हामीले यहाँ गाउने गीतमा
कस्तो अन्तर छ ?

देशले सीमा राखे पनि
भाषाले जोडिरह्यो
भेषले सीमा कोरे पनि
संस्कृतिले जोडिरह्यो

मलाई जान्ने इच्छा छ
नेपालको खुकुरी र
बर्माको खुकुरीको भिन्नता

त्यो देशको बहादुरी र
यो देशले पाएको बहादूर उपाधिको भिन्नता

त्यसैले प्रिय
मौका मिलाएर
नेपाल हेर्न जाऔँ
हिमाल हेर्न जाऔँ
डाँफे हेर्न जाऔं
गुराँस हेर्न जाऔँ ।

 

प्रतिक्रिया
Loading...