आफैँलाई बिर्सन्छु म तिमीसामु हुँदा
स्वर्गको आभाष पाउँछु तिमीलाई छुँदा
मुटुभित्र बसेकी छौ सास बनेर
तिमी आयौ जिन्दगीमा खास बनेर
तिम्रो मनको बगैंचामा फूल्ने चाहना छ
पिरतीको सुगन्धमा भुल्ने चाहना छ
तिमी हाँसे हाँसिदिन्छु रुन्छु तिमी रुँदा
स्वर्गको आभाष पाउँछु तिमीलाई छुँदा
मुटुभित्र बसेकी छौ सास बनेर
तिमी आयौ जिन्दगीमा खास बनेर
तिम्रो निम्ति सधैं मीठो प्रीत बन्न सकूँ
मुटुभित्र गुन्जिरहने गीत बन्न सकूँ
फूल पनि मुस्कुराउँछ भवँराले चुम्दा
स्वर्गको आभाष पाउँछु तिमीलाई छुँदा
मुटुभित्र बसेकी छौ सास बनेर
तिमी आयौ जिन्दगीमा खास बनेर
गैंडाकोट, नवलपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला