यो अस्तित्व
न मैले बनाएको हुँ
न त तिमीले नै
यो प्रकृति
न मैले जन्माएको हुँ
न त तिमीले नै
यी धर्महरू
न मैले जन्माएको हुँ
न त तिमीले नै!
हामी त केवल संयोगले
स्वत्व लिएर जन्मिन पाएका
केही दिनका मात्रै पाहुना हौँ यो धर्तीमा
किन उपद्रो गर्छौँ?
थाहा छ? कहिले मर्छौं?
न म अजम्बरी छु
न त तिमी नै!
बाँचुन्जेल
जीवनलाई प्रेम गरौँ
अस्तित्वलाई प्रेम गरौँ
केवल प्रेमका बीउ छरौँ
घृणालाई दबाएरै मरौँ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 









