मोहरको मैलोमा लोभिएपछि
पुगिने भनेकै फोहोरको आहालमा हो
जहाँ डुबिसकेपछि
जति नै सुगन्धको कुरा गरे पनि
सर्वत्र फैलिने दुर्गन्ध नै हो
त्यस्तो दुर्गन्ध
सधैं नै झिँगालाई प्यारो लाग्छ
जब त्यो दुर्गन्धित फोहरमा
झिँगाको र्याल चुहुन थाल्छ- तब त्यहाँ
झिँगाकै साम्राज्य हुन्छ …
जब झिँगाको साम्राज्य हुन्छ
तब त्यहा मौरीहरू प्रताडित हुन्छन्
र अन्ततः तिनै झिँगाहरूको स्वार्थबाट
मौरीहरू निर्ममतापूर्वक
लुटिन्छन्, बेचिन्छन्, विस्तारित हुन्छन्
मानौं आज हाम्रो वर्तमान
ठगिएजस्तै, लुटिएजस्तै, बेचिएजस्तै ।
चैनपुर, संखुवा सभा
हाल : रातोपुल, काठमांडू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 










