कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न
पहिले त म चाहन्छु
तिमीलाई यस्तरी पगाल्न
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
म तिमीलाई खोज्छु
बिस्तारै बिस्तारै छुन
बाहिर बाहिर मात्रै होइन
मलाई त छ भित्रैसम्म पुग्न
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
समय देऊ तिमी मलाई
यहाँ तिम्रो प्यास जगाउन
हर प्रयास गर्छु म
यहाँ तिमीलाई नै तृप्त बनाउन
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
बिस्तारै बिस्तारै सुरु गर्छु
म तिम्रो सामु आउन
म बाहेक अरु कोही नदेखियोस्
सकुँ म यसरी तिमी मै छाउन
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
मेटियोस् यहाँ सबथोक
सुरु होस् एक अर्कामा जुड्न
बाँकी नरहोस यहाँ केही पनि
समर्पण होस् दुबैको एक हुन
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
यही हो बाटो एकमात्र
जहाँबाट हुन्छ आत्म मिलन
जसले पाए हल्का झिल्को नी
त्यही नि ऊ केही बाँकी रहँदैन
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
म नै मेटियोस् यसरी
गर्छु पुरै आफुलाई समर्पण
कोही बाँकी नरहोस यहाँ
हुनदेऊ हाम्रो अद्भूत मिलन
कुनै हतार छैन मलाई
यहाँ तिमीलाई अंगाल्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।