कति पर्यो कहाँबाट
ल्याउनु भयो काका
भाइ बहिनी सबै अट्ने
यति ठूलो छाता
पानी पर्दा ओत दिने
घाम लाग्दा शितल
हेर्दा डन्डी पहेँलै छ
सुन हो कि पित्तल
फरक फरक रङका थिए
फरक फरक पाता
बाबाले नि ल्याउनु भयो
किनी ठूलो छाता
कुर्सी टेबल आँगनका
पूरै ढाकिदिने
घामपानीमा सबैलाई
जोगाई राखिदिने
हजुरबालाई कतै जाँदा
टेक्न साथी हुने
बीच बाटोमा घामपानी
छेक्न जाती हुने
जन्ती पर्सिइँदा बेला
दुलाहालाई छेक्ने
भएको छ छाता लठ्ठी
हजुरबालाई टेक्ने
पानी पर्दा काम लाग्ने
घाम लाग्दा पनि
इन्द्रेणीको रङ जस्तै
किन्छु छाता म नि !
पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 










