छायाजस्तै लाग्ने
तर प्रकाश खोज्दै हिँड्ने
हृदयभरि सपना बोकेर
गन्तव्य खोज्ने
शब्दहरूमा हराउँदै मौनतामा बोल्ने
दुःखमा एक्लै रुने, फेरि हाँस्न खोज्ने
म को हुँ ?
म प्रश्न पनि हुँ
म आफैँ उत्तर पनि हुँ
अधूरा सपना पूरा गर्ने लक्ष्य बोक्ने
कहिले आँशू कहिले रोदनमा रमाउने
कहिले मौनता कहिले
सगरमाथाजस्तो अठोट गर्ने
म को हुँ ?
म समयसँगै हिँड्ने छाया हुँ कि
अन्तर्मनको गहिराइको माया बुझ्ने
म नलेखिएको तर
लेख्न बाँकी किताब हुँ
म को हूँ?
म नाम मात्रै होइन
कथा, व्यथाको सँगालो हुँ कि
अनुभूतिको छाया हुँ कि
मनभित्रको उज्यालो
हरेक मुस्किल, दुःखसुखमा
सहजै मुस्कान भर्ने
म को हुँ ?
हाल : पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 










