अनुवादः डा. देवेन सापकोटा

सत्यजित गगै
रूखलाई भनेँ
अर्को जन्ममा रूख बन्छु
मिरमिरे बतासमा दिल बहलाउँछु
कीराफट्याङ्ग्रा बोलीमा
चराका चिरबिरमा निदाउँछु
रूखले हाँस्दै भन्यो
गाउँहरूले, शहरहरूले निलिदिन्छन्
चरालाई भनेँ
अर्को जन्ममा चरा बन्छु
स्वतन्त्र मनले उड्छु
अग्लो रुखमा गुँड बनाउँछु
जलाशयमा खेल्छु
चराले भन्यो
धेरै पुरानो सपना
नदीलाई भनेँ
अर्को जन्ममा नदी बन्छु
पर्वत-पहाडमा लडीबुडी खेल्दै
नाच्दै गाउँदै
समुद्रको विशालतामा मिसिन्छु
नदीले भन्यो
वृथा सपना
विशाल बालुवामा यो शीर्ण देह
सभ्यताको रेडियोधर्मी बादलले ढाकिएको
एउटै आकाशमुनि नै म पनि छु ।
—



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 










