
वाह कान्छी को चाल क्या मस्त छ
नशालु नजर अझै जबर-जस्त छ
लाली पाउडर श्रृङ्गारमा रम्दै रमाउँदै
कान्छीको दैनिकी नि त्यस्मै व्यस्त छ
आलो पालो रङगिदै लुगा फाटामा
चाहिँदा खर्चिने गाँठ नि प्रशस्त छ
आज पार्टी, भोलि गेट-टुगेदर रे यहाँ
पछि लाग्नेको जीवन अस्त-व्यस्त छ
आउनेलाई मुस्कान हाइ हाइ छँदैछ
जानेको नि पीर छैन बाइ बाइ हस्त छ
वाह कान्छीको जवानी क्या मस्त छ
तल देखि माथि सम्म जबर-जस्त छ ।
मेलबर्न, अस्ट्रेलिया



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
