चैत्र र वैशाख वसन्त ऋतु फूल फुल्छन् खुलेर
मगमग बासना सौन्दर्य थप्छन् नटिप्नु भुलेर

जेठ र असार ग्रीष्म ऋतु सताउने तापमानले
थाहा पाइराख यही ऋतु साथी धान् रोप्ने किसानले

बरषा ऋतु साउन र भदौ क्या राम्रो झरिमा
बढ्दछ खोला, पहिरोको जोखिम् यी मैना भरिमा

असोज र कार्तिक शरद ऋतु दशैं र तिहार
परिवारसँग मनाउँला पर्व साटौंला पियार

मङ्सिर र पुस हेमन्त ऋतु जाडो हुन् यी मैना
कपडा बाक्ला लगाउनु पर्छ पीर अरु केही छैन

शिशिर ऋतु माघ‌ अनि‌ फागुन यीनै हुन् बातहरू
पालुवा फेर्न बोटबिरुवाले झार्दछन् पातहरू

यसरी उनेँ शब्दका माला छ ऋतु जोडेर
सम्झना मलाई गर्नुस है साथी गएनि छोडेर ।

मध्यनेपाल नगरपालिका
वडा नं १०, लमजुङ
हाल: दोहा कतार