१. पहिले

जरुवा थियाे
कुवा थियाे
खानेपानीकाे धारा थिएन
गाेरेटाे थियाे
मुलबाटाे थियाे
माेटर कुद्ने सडक थिएन

दियाे थियाे
टुकी थियाे
झलमल बल्ने बिजुली थिएन
जडिबुटी थियाे
धामीझाँक्री थियाे
उपचार गर्नेअस्पताल थिएन

बालबालिका थिए
जान्ने उत्सुकता थिए
पढन र पढाउन बिद्यालय थिएन
जनशक्ति थियाे
खेतीपाती थियाे
उत्पादनका लागि प्रबिधिहरु थिएन

२. अहिले

खानेपानीकाे धारा छ मान्छे छैन
माेटर कुद्ने सडक छ मान्छे छैन
झिलिमिलि बिजुली छ मान्छे छैन
उपचार गर्ने अस्पताल छ मान्छे छैन
पढ्ने पढाउने विद्यालय छ मान्छे छैन
खेती याेग्य जमिन सँगै प्रविधि छ मान्छे छैन

खाली छ गाउँ
रित्ताे छ बस्ति
खेर गईरहेकाे छ
प्रकृतिकाे अनुपम उपहारहरु
कस्तुरीकाे वासना
कस्तुरीलाई नै थाहा नहुने
मान्छे अवसरवादी हाे
चरम
अवसरवादी ।