तिमी मेरी आँखाकी पुतली हौ
आँखा लड़ाउँदा लड़ाउँदै
कसैको आँखा लाग्न सक्छ
हामी आँखा उघारी राखौँ है

तिम्रो आँखा ओभानै हेरी
आँखा चिम्लिने मन छ मलाई
हरपल आँखा बचाउँदै गर
हाम्रो आँखाको मायाँ
कसैको आखाँको कसिंगर नबनोस्

आँखै खाने त्यी चन्चले काला
तिम्रा आँखाहरूको भाखा
मेरा आँखाले पढ्न सकेनन् भने
तिम्ले आँखा सन्काइदिनु है

यी मेरा आँखा टट्याउने गरी
आँखाबाट ओझेल नपारिदिनु है
दुनियाँको आँखाबाट बचाई
तिमीलाई मेरो आँखैमा राख्नु छ ।

वालिङ् २, अर्मादी
स्याङ्जा