
तोतेबोली स्पष्ट नहुँदै गर्दा
ढकढकाउँछ शिक्षाले उस्लाई ढोका
ऊ अन्जानमै
मञ्जुर हुन्छ ढोका खोल्न
आधाउधि जिन्दगी देशकै शिक्षामा लगानी गर्छ
भर्छ झोलाभरि शैक्षिक प्रमाणपत्र
भिर्छ काँधमा झोला
र हिँड्छ देशमै बिक्रीको लागि
बल्ल थाकेपछि थाहा पाउँछ
देशमा आफ्नो शैक्षिक महत्त्व
त्यसैबेला निर्णय गर्छ
बनाउँछ राहदानी
र डिग्री बोकेर
पलायन हुन्छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
