
कुरा तिम्रा मात्र राखी,भाग्न नखोज
ननिदाई सपनीमा जाग्न नखोज
पीडाको नि मात्रा नाप्ने तुलो नखोजी
अनायासै फरक बाटो नाप्न नखोज
सहजतामा दिनहरू बितेकै हुन हिजो
नयाँ निहुँ झिकी झिकी त्याग्न नखोज
गर्नु पर्ने कर्म कति बीच बीचमा छोडी
होहल्लाको माझ माला जप्न नखोज
समझदारी हिजो हुँदा सहकार्य गाढा
संशयले घर गर्दा मन भए टाढा
समर्पण म नै गर्छु, झिकी मनको काँढा
हुन्न भन्ने वाणी तिम्रा छान्न नखोज !
कागेश्वरी मनोहरा
डाछी, काठमाडौं



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
