
म शान्त छु
म शीतल छु
म लहराइरहेको छु
मलाई कसैले जित्छ भन्ने पनि छैन
म हार्छु भन्ने पनि छैन
मलाई कसैले जिताउँछ भन्ने पनि छैन
कसैले हराउँछ भन्ने पनि छैन
मेरो समय अलग
मेरो नक्षत्र अलग
मेरो गन्तव्य अलग
मेरो यात्र अलग
मेरो कथा अलग
मेरो उद्देश्य अलग
सम्पूर्ण रूपमा म फरक
मलाई चाहनाले जितोस्
म हारदिन
मलाई मनले जितोस्
म उड्दिनँ
मलाई सपनाले जितोस्
म सधैंलाई बाँच्दिनँ
मलाई म बन्नु छ
म भएको मज्जा लिनु छ
मलाई आफू बाँचेको हेर्नु छ
म बाँचिरहेको मज्जा लिनु छ
मलाई म हारेको देख्नु छ
म रोइरहेको मज्जा लिनु छ
मलाई म एक्लो भएको हेर्नु छ
म एकान्तमा टोलाउनुको मज्जा लिनु छ
मलाई हल्का मुस्कुराई हेर्नु छ
मभित्र गहिराईको मज्जा लिनु छ
मलाई आनन्दको मदहोस हुनु छ
म आफैंमा आफैँ हराई रहेको मज्जा लिनु छ
मलाई म मरेको आभास गर्नु छ
म सधैं निदाइरहँदाको मज्जा लिनु छ ।
दोलखा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
